birat ribon

कृषि सामग्रीमा गहुँको बीउ अभाव

Neuro
कृषि सामग्रीमा गहुँको बीउ अभाव

हेटौंडा, ११ मंसिर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौंडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार उपलब्ध गराउन नसकिएको लिमिटेडका प्रमुख लक्ष्मण यादवले जानकारी दिए ।

कार्यालयका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा करिब दुई हजार ५ सय मेट्रिक टन गहुँको बीउ माग भए पनि कार्यालयबाट करिब एक हजार ६ सय १२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ ।

cura insider

कार्यालयको कार्यक्षेत्रअन्तर्गत यस आव २०७७/७८ मा वागमती प्रदेशको मकवानपुर, चितवन र काठमाडौं, यसैगरी प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँ बीउ उपलब्ध गराउने योजना छ । कार्यालयले अन्य जिल्लाबाट समेत सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत बीउ उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्समार्फत् बीउ बिक्री गर्दै आएको छ । गहुँको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् । किसानको मागअनुसार कम्पनीले गहुँको बीउ पर्याप्त मात्रमा उपलब्ध गराउन नसकेको कार्यालयमा बीउ खरिदका लागि आएका सर्लाही कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

कार्यालयले प्रत्येक वर्ष किसानको मागअनुसार बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरिराखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँ बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाखसम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्सलाई बिक्री गर्दै आएको छ ।

किसानसँग वैशाखमा प्रतिकेजी ३५ र बीउको गुणस्तर मापनपश्चात थप १० देखि १५ प्रतिशत प्रोत्साहन रकम दिएर किसानसँग खरिद गरेको गहुँ बीउलाई प्रशोधन गरी प्रतिकेजी ६५ मा बिक्री वितरण गर्दै आइरहेको कार्यालयले जनाएको छ । प्रायःजसो हरेक वर्ष वैशाख महिनासम्ममा कार्यालयले किसानसँग गहुँ बीउ खरिद गरी सुरक्षित भण्डारण गरेर राख्ने गर्दछ । यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिकदेखि मंसिर महिनासम्म सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने सप्लायर्समार्फत गहुँ बीउ बिक्री गर्ने गर्दछ ।

यस वर्ष वागमतीको मकवानपुर, चितवन र काठमाडौं यसैगरी प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटसहित अन्य विभिन्न जिल्लामा मागअनुसारको गहुँ बीउ उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । किसानले हरेक वर्षको कात्तिकदेखि पुस पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गर्ने लक्ष्य लिएको करिब एक हजार ५ सय मेट्रिक टन गहुँ बीउबाट सो क्षेत्रमा करिब ३८ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको कार्यालयको दाबी छ ।

हेटौंडामा यसअगावै साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी संघीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन प्रशासनिक कर्मचारी मात्र कार्यरत छन् । रासस

jackson ribon