Rumpum Advertisement

म्याराडोनालाई मेस्सी र रोनाल्डोको भावुक श्रद्धाञ्जली

Neuro
म्याराडोनालाई मेस्सी र रोनाल्डोको भावुक श्रद्धाञ्जली

विराटनगर, ११ मंसिर । फुटबलका महान् हस्ती अर्जेन्टिनाका डिएगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरिएको छ ।

विश्व फुटबलमा लामो समयसम्म आफ्नो वर्चश्व कायम राखेका ६० वर्षीय टिग्रेस्थित आफ्नो निवासमा बुधबार अबेर निधन भएको हो । उनको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।

उनै म्याराडोनाप्रति हालका स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले श्रद्धाञ्जली दिएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले म्याराडोनाको निधनको खबरका आफू दुःखी भएको उल्लेख गर्दै भावुक श्रद्धाञ्जली दिएका छन् ।

‘यो अर्जेन्टिनीहरूका लागि र विश्व फुटबलका लागि दुखको दिन हो’, सामाजिक सञ्जाल इन्स्टाग्राममा म्याराडोनासँगको फोटो पोष्ट गर्दैै मेस्सीले लेखेका छन्, ‘उनले हामीलाई छोडे तर उनी कतै गएका छैनन् । किनकि, डिएगो हृदयभित्र छन् । म उनीसँग बिताएका राम्रा पलहरू र अनुभवहरू सम्झिन्छु र उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । तिम्रो आत्माले शान्ती पाओस् ।’

यसैगरी अर्का स्टार रोनाल्डो सामाजिक सञ्जालमा लेख्छन्, ‘आज म एउटा साथीलाई बिदाई दिँदैछु र विश्वले एक प्रतिभावान खेलाडीलाई बिदा गर्दैछ । सर्वकालीन उत्कृष्ट खेलाडीमध्येका एक र अतुलनीय जादूगर । उनको बिदाई चाँडै भयो । तिमीलाई कहिल्यै भुल्ने छैनौं । तिम्रो आत्माले शान्ती पाओस् ।’