birat ribon

भारत र चीनसँग आर्थिक विकासको लाभबाहेक कुनै स्वार्थ छैन : मन्त्री ज्ञवाली

Neuro
भारत र चीनसँग आर्थिक विकासको लाभबाहेक कुनै स्वार्थ छैन : मन्त्री ज्ञवाली

काठमाडौ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताइका छन् ।

cura insider

विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको अरु कुनै स्वार्थ नहुने उनले बताए । संसदीय सुनुवाइ समितिको बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको परराष्ट्र नीति सधै सन्तुलित नै हुने बताए ।

उनले भने, ‘नेपालको परराष्ट्र नीति सधैभरि सन्तुलित नै छ । दुबै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरु कुनै स्वार्थ छैन् ।’ मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ रहने पनि बताए ।

‘उहाँहरुको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन । हुने कुरा पनि भएन । उहाँहरुको बीचमा केही समस्या आयो भने वार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहन्छ नेपाल,’ उनले भने । यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने भन्ने सुझाव दिने ज्ञवालीले बताए ।

भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने बताइएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै चीनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो ।

भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

jackson ribon