birat ribon

हारबाट निराश क्लोप, भने – लिभरपुल अटलान्टाविरुद्ध हारको लायक थियो

Neuro
हारबाट निराश क्लोप, भने – लिभरपुल अटलान्टाविरुद्ध हारको लायक थियो

विराटनगर, ११ मंसिर । इंग्लिस क्लब लिभरपुलका प्रमुख प्रशिक्षक जर्गेन क्लोपले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब अटलान्टासँगको हारबाट निराश देखिएका छन् ।

आफ्नै मैदान एन्फिल्डमा पराजय ब्यहोर्नुपरेपछि निराश हुँदै क्लोपले लिभरपुल अटलान्टाविरुद्ध हारको लायक भएको बताएका छन् ।

cura insider

बुधबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल अटलान्टासँग २–० ले पराजित भएको थियो । अटलान्टालाई जिताउन जोसिप इलिकिक र रोबिन गोसेन्सले समान १–१ गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा दुई गोल गर्दै अटलान्टाले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

‘यो राम्रो खेल थिएन’, खेलपछि पत्रकार सम्मेलनका क्रममा क्लोपले भने, ‘दुवै टोलीले पर्याप्त अवसर सिर्जना गर्न सकेनन् । तथापि, उनीहरूले दुई गोल गरे । यस्तो कठिन खेलमा लिभरपुल हारको लायक थियो ।’

‘रेफ्रीले धेरै पटक सिटी बजाएनन् र यसले पनि दुवै पक्षलाई निकै कठिनाइ परेको थियो । यो हार अप्रत्याशित थियो र अब केही ब्रेकको आवश्यक परेको छ । पहिलो हाफ बित्दा ठीकै थियो । दोस्रो हाफमा केही खेलाडीले सोचेअनुरुपे खेलेनन् । हामीले खेलमा जितको बाटो खोज्न सकेनौं’, उनले भने ।

यससँगै समूह ‘डी’बाट अर्को चरणमा जान तीन टोलीको प्रतिस्पर्धा हुने देखिएको छ । शीर्ष स्थानको लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ ।

आयाक्स र अटलान्टा समान ७–७ अंक जोड्दै अर्को चरणमा पुग्ने आशमा रहेका छन् ।

jackson ribon