birat ribon

कम क्यालोरी भएका यी ६ चिजले छिट्टै तौल घटाउन मद्दत गर्छ

Neuro
कम क्यालोरी भएका यी ६ चिजले छिट्टै तौल घटाउन मद्दत गर्छ

विराटनगर, ११ मंसिर । तौल कम गर्न भारी व्यायाम तथा खानामा ध्यान दिए मात्र राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।

यी उपायले ठूलो नतिजा दिन सके पनि फिट र स्वस्थ रहनका लागि शरीरलाई चाहिने आवश्यक पोषण प्राप्त भइरहेको छ वा छैन भन्ने कुनै ग्यारेन्टी हुँदैन । शरीरलाई स्वस्थ राखी तौल घटाउनका लागि दैनिक सेवन गरिएको क्यालोरीको मात्रालाई कटौती गरेर यसलाई अन्य उच्च पोषण भएका खाद्यपदार्थ तथा पेयको सेवन गरी सन्तुलनमा राख्नु पर्छ ।

cura insider

तल दिइएका कम क्यालोरी भएका ६ खाद्यपदार्थ तथा पेयले सजिलै र छिट्टै तौल घटाउन मद्दत गर्न सक्छ ।

पानी : तौल घटाउन खोज्दै हुनुहुन्छ भने पानी पिउनु सबैभन्दा उत्तम हो । पानीले शरीरलाई हाइड्रेट गर्नुका साथै लामो समयसम्मका लागि पेट भरेको जस्तो महसुस गराउँछ । क्यालोर नभएको पेय हुनुको साथै पानीले डिहाइड्रेसन हुने सम्भावनालाई हटाएर शरीरको तरल पदार्थलाई सन्तुलनमा राख्छ ।

विभिन्न तरकारी : फर्सी, काक्रा, घिरौला, खरबुजामा क्यालोरीको मात्रा कम हुन्छ । भिटामिन एमा धनी, यी तरकारीले शरीरको मेटाबोलिजम रेटलाई कायम राखेर तौल घटाउन मद्दत गर्छ ।

सिट्रस फ्रुट : भिटामीन सीले भरिपूर्ण सिट्रस फलमा क्यालोरीको मात्रा अत्यन्त कम हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । फाइबरको उच्च मात्रा पाइने सिट्रस फ्रुटले पाचन प्रणालीलाई सुधार ल्याउने तथा लामो समयको लागि तृप्त भएको महसुस गराउँछ ।

ग्रिन टी : एन्टिअक्सिडेन्ट गुणमा धनी, ग्रिन टीले प्रतिरोध क्षमता बढाउन र शरीरलाई विभिन्न संक्रमणबाट बचाउन सहयोग गर्छ । क्याटेचिन्स नामक एन्टिअक्सिडेन्टले बोसो जलाउन र मेटाबोलिजमलाई बढावा दिने काम गर्छ ।

हरियो सागसब्जी : हरियो सागसब्जी अधिकांशलाई मन नपर्न सक्छ तर, यिनीहरूमा क्यालोरीको मात्रा एकदम कम हुन्छ । हरियो सागसब्जीको सेवनले स्वस्थ र फिट बनाउनुका साथै, तौल घटाउन पनि मद्दत गर्छ । प्रशस्त मात्रामा फाइबरमा धनी हुने हरियो सागसब्जी पाचन प्रणालीमा सुधार ल्याउने, पटक–पटक भोक लाग्ने समस्या कम गर्ने तथा क्यालोरीको सेवनलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

अदुवा र लसुन : प्रत्येक भान्छामा पाइनेमध्ये मुख्य सामग्रीमा अदुवा र लसुन कम क्यालोरी भएका खाना हुन् । यसले शरीरमा भएको कोलेस्ट्रोलको स्तरलाई कम गर्नुका साथै सुन्निने समस्या तथा मधुमेहलगायतका अन्य पुराना रोगको उपचारमा मद्दत गर्न सक्छ ।

jackson ribon