birat ribon

म्याराडोनालाई भारतीय प्रधानमन्त्री मोदीको श्रद्धाञ्जली

Neuro
म्याराडोनालाई भारतीय प्रधानमन्त्री मोदीको श्रद्धाञ्जली

विराटनगर, ११ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्यारोडोनालाई श्रद्धाञ्जली दिएका छन् । बिहीबार बिहान मोदीले ६० वर्षको उमेरमा हृदयघातको कारण निधन भएका म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् ।

म्यारोडोनाको बुधबार निधन भएको हो । मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा निधन भएको हो । बीबीसीका अनुसार उनलाई मादक पदार्थको लत थियो र यसबाट छुटाउन उनको उपचार पनि सँगै भइरहेको थियो ।

cura insider

८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रूपमा रहेका म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्व कपको उपाधी चुमेको थियो ।

‘डिएगो म्याराडोना फुटबलका एक माहिर व्यक्ति थिए, जसले सारा विश्वमा परिचित छन्’, आज बिहान ट्वीट गर्दै मोदीले भनेका छन्, ‘म्याराडोनाले आफ्नो खेल करिअरका दौरान फुटबलको मैदानमा केही उत्कृष्ट क्षणहरू प्रदान गरे । उनको असामयिक निधनबाट हामी सबैलाई दुःखी तुल्यायो । उनको आत्माले शान्ती पाओस् ।’

jackson ribon