birat ribon

युरोपा लिग : आर्सनल, टोटनह्याम र मिलान प्रतिस्पर्धामा

Neuro
युरोपा लिग : आर्सनल, टोटनह्याम र मिलान प्रतिस्पर्धामा

विराटनगर, ११ मंसिर । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा आज २४ खेल हुँदैछन् । समूह चरणको चौथो खेलअन्तर्गत आज ४८ वटा क्लबहरू प्रतिस्पर्धामा छन् ।

आज आर्सनल, टोटनह्याम, मिलान, रोमा, नापोलीलगायत ठला क्लब प्रतिस्पर्धामा छन् । आर्सनलले नेपाली समयानुसार राति ११ः४० बजे मोल्डेसँग खेल्दैछ ।

cura insider

समूह ‘बी’मा आर्सनल अपराजित रहेको छ । ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । मोल्डे भने ६ अंकका साथ दोस्रो स्थानमा छ ।

यसैगरी टोटनह्यामले राति १ः४५ बजे लुडोगोरेट्ससँग खेल्दैछ । टोटनह्याम ६ अंकसहित समूह ‘जे’को शीर्ष स्थानमा छ । अंकविहीन लुडोगोरेट्स भने चौथो स्थानमा छ ।

सोही समय रोमाले सीएफआर क्लुसँग खेल्दैछ । रोमा समह ‘ए’को शीर्ष स्थानमा छ भने क्लुज ४ अंकसहित तेस्रो स्थानमा छ ।

राति १ः४५ बजे नै समूह ‘एफ’का नापोली र रिजेकाले खेल्दैछन् । नापोली ६ अंकसहित दोस्रो स्थानमा हुँदा अंकविहीन रिजेका चौथो स्थानमा छ ।

त्यसअघि राति ११ः४० बजे मिलानले लिलेसँग उसैको मैदानमा खेल्दैछ । लिले ७ अंकसहित समूह ‘एफ’को शीर्ष स्थानमा छ भने मिलान ६ अंकसहित दोस्रो स्थानमा छ ।

jackson ribon