birat ribon

कोभिडको संक्रमण निको भएपछि व्यायाम सुरु गर्ने सही समय

Neuro
कोभिडको संक्रमण निको भएपछि व्यायाम सुरु गर्ने सही समय

विराटनगर, ११ मंसिर । कोरोना भाइरसको संक्रमणपछि सामान्य स्थितिमा फर्कन समय लाग्न सक्छ ।

cura insider

परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि सम्पूर्ण तरिकाले निको हुनभन्दा अगाडि लक्षण हराउने समय केही सुस्त हुन सक्छ । अत्यधिक थकान, सास फेर्न समस्या, मांसपेशी र जोर्नीको दुखाइ अपेक्षा गरिएको समयभन्दा थोरै लामो समयसम्म रहन सक्छ । जसले दैनिक गर्नु पर्ने काम पूरा गर्न गाह्रो बनाउन सक्छ ।

यस्तो अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राख्नु नै उचित हुन्छ । कुनै पनि काम वा आफ्नो व्यायामको रुटिन सुरु गर्न अगाडि आफ्नो शारीरिक अवस्थालाई ध्यानमा राख्नु पर्ने हुन्छ । न्यूयोर्क शहरको स्पेशल सर्जरी (एचएसएस) स्पोर्ट्स मेडिसिन संस्थानले कोभिडको संक्रमणपछि मानिसलाई आफ्नो व्यायामको रुटिनमा सुरक्षितरूपमा फर्कनका लागि दिशानिर्देशन सार्वजनिक गरेको छ ।

कुनै पनि रगतसम्बन्धी लक्षण अनुभव गरेका संक्रमितले, दिनभर शरीरलाई अलि सक्रिय राख्न र कम तीव्र व्यायामको साथ सुरू गर्न सिफारिस गरिन्छ । यसले रगत जम्ने जोखिमलाई कम गर्न मद्दत गर्छ । निमोनिया जस्तो श्वासप्रश्वासका लक्षण भएका संक्रमितले, व्यायाममा फर्कनुअघि एक हप्ता वा १० दिन आराम गर्नु राम्रो हो । व्यायाम सुरु गरेकाले पनि आफ्नो श्वासको दर अनुगमन गर्न आवश्यक छ ।

व्यायाम गर्दा असहज महसुस भए वा सास फेर्न गाह्रो भए व्यायाम गर्न रोक्नु पर्छ । गम्भीर मुटुको समस्या तथा हालसालै भाइरसबाट संक्रमित भएकोलाई धेरै आराम चाहिन्छ । यस्ता व्यक्तिले व्यायाममा फर्कनुअघि २ देखि ३ हप्ताको विश्राम लिनुपर्छ । कुनै गम्भीर हृदय समस्या भएकाले आफ्नो व्यायाम पुनः सुरु गर्नेबारे डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

पेट तथा माशंपेशी सम्बन्धित लक्षण देखिएका संक्रमितले निको भएदेखि नै बिस्तारै सामान्य व्यायाम रुटिनमा फर्कनु पर्छ । विस्तारै कम तीव्र व्यायाममा सुरु गर्दै कुनै पनि गतिविधि दिनमा १० मिनेटको लागि गर्न सकिन्छ । कोभिडको संक्रमण निको भएको पहिलो हप्तामा हिँड्दै वा जगिङ गरेर सुरु गर्न सकिन्छ । दोस्रो हप्तामा, समयलाई दोब्बर गर्न र गति बढाउन सकिन्छ ।

प्रत्येक व्यक्ति निको हुनुमा फरक प्रतिक्रिया हुने हुँदा शरीरको अवस्थालाई हेरेर मात्र केही गतिविधि सुरु गर्न महत्वपूर्ण हुन्छ । दुई व्यक्तिमा उस्तै लक्षण देखिए पनि रिकभरी रेट एकअर्काभन्दा फरक हुन सक्छ । शरीरले के भनिरहेको छ र केवल शरीरले ह्यान्डल गर्न सक्ने गतिविधि मात्र गर्नुपर्ने हुन्छ ।

jackson ribon

प्रतिक्रिया

  1. I just recorved from covid and I am feeling i am still weak specially my both legs. Could you please suggest me what i have to do be strong.
    Thank you
    Suman
    50 years

Comments are closed.