birat ribon

रंगेलीमा स्थानीयले समाते निलगाईकाे बाछाे

Neuro
रंगेलीमा स्थानीयले समाते निलगाईकाे बाछाे

रंगेली, ११ मंसिर । मोरङको रंगेलीमा निलगाईकाे बाछाे फेला परेको छ । रंगेली नगरपालिका–३ स्थित दौलतपुरमा निलगाईकाे बाछाे फेला परेको हो ।

cura insider

बिहान खेतमा काम गरिरहेका स्थानीयले निलगाईकाे बाछाे देखेपछि नियन्त्रमा लिन खोजेका थिए । भाग्ने क्रममा स्थानीय शिवकुमार मण्डलको पोखरीमा डुबेको थियो ।

पोखरीमा डुबेको निलगाईकाे बाछाे स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । निलगाईकाे बाछाे वन कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

jackson ribon