birat ribon

भाइरस र लकडाउनका कारण चिन्तित युवाहरूको संख्या दोब्बर

Neuro
भाइरस र लकडाउनका कारण चिन्तित युवाहरूको संख्या दोब्बर

विराटनगर, ११ मंसिर । कोरोना भाइरस महामारीको सुरुवाती चरण र लकडाउनले चिन्तित युवाहरूको संख्या लगभग दोब्बर बनाएको छ ।

ब्रिस्टल विश्वविद्यालयको अध्ययनअनुसार २७ देखि २९ वर्ष बीचका युवामा देखिने एन्जाइटी अर्थात् चिन्ता १३ प्रतिशतबाट बढेर २४ प्रतिशतमा पुगेको छ । र, यो संख्या उनीहरूका अभिभावकभन्दा पनि बढी रहेको देखिएको हो । लकडाउन खुकुलो हुन थाले पनि अनुसन्धानकर्ताका अनुसार युवामा देखिएको चिन्ताको स्तर उच्च नै रहेको पाइयो ।

cura insider

अध्ययनको प्रमाणले युवामा देखिएको एन्जाइटी छोटो अवधिको समस्या नहुने देखाएको छ भने यो समस्या जाडोसम्म जारी राहन सक्ने अनुमान लगाइएको छ । युवामा भएको चिन्ताको वृद्धि कोरोना भाइरसको महामारी तथा भाइरसको संक्रमणलाई कम गर्नका लागि गरिएको लकडाउनले निम्त्याएको सामाजिक र आर्थिक संकटले गर्दा भएको ब्रिस्टल विश्वविद्यालयका सह–नेतृत्वकर्ता अन्वेषक डा. एलेक्स क्वोङ्ले बताएका छन् ।

अनुसन्धानले देखाएअनुसार महिला, पहिलादेखि स्वास्थ्यमा समस्या भएका, महामारीको समयमा एक्लै बस्दै आएका, आइसोलेसनमा बसिरहेका, गरीब तथा पैसाको समस्या भएका गम्भीर मानसिक स्वास्थ्यको जोखिममा रहेका छन् । सह–नेतृत्व अनुसन्धानकर्ता डा. रेबेका पिअर्सनले हालको समयमा मानसिक स्वास्थ्यको सुरक्षा गर्नु आवश्यक रहेको बताउँछिन् । विशेषगरी चिन्ता (एन्जाइटी) लाई नियन्त्रण हर्न जरुरी रहेको उनको भनाइ छ ।

jackson ribon