birat ribon

भारतीय विदेशसचिव काठमाडौं आइपुगे

Neuro
भारतीय विदेशसचिव काठमाडौं आइपुगे

काठमाडौं, ११ मंसिर । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

cura insider

विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन् ।

कोरोनोका कारण नेपाल–भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए ।

श्रृंगला दुई दिन काठमाडौंमा रहने र यहाँ आफ्ना समकक्षी पौडेलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

jackson ribon