birat ribon

दिप्ताको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

Neuro
दिप्ताको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ११ मंसिर । बेलायतमा हुर्केबढेकी भएता पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । पाँच वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन अग्रसर भएकी छिन् ।

cura insider

१८ वर्षीय दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो ‘यो जिन्दगी’को बेलायतस्थित नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले सार्वजनिक गरेका छन् । गीतमा शिखर सन्तोषको संगीत, सन्जीत देउजाको शब्द रहेको छ ।

दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दीपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

jackson ribon