birat ribon

ट्रम्पले दिए पूर्व सल्लाहकारलाई क्षमा

Neuro
ट्रम्पले दिए पूर्व सल्लाहकारलाई क्षमा

विराटनगर, ११ मंसिर । पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षमा दिएका छन् ।

cura insider

यसअघि फ्लीनलाई लागेको सबै आरोप र अभियोगबाट उन्मुक्ती मिल्ने गरी उनले क्षमत दिएका हुन् । सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा भएको अनुसन्धानको क्रममा फ्लीन तानिएका थिए । त्यसक्रममा रुसी राजदूतसँग भेट गरे पनि नभेटेको भनेर झुट बोलेका थिए ।

ढाँटेको विषयमा उनी दोषी ठहर भएका थिए । ट्रम्पबाट क्षमता पाएपछि उनले त्यसलाई ठूलो सम्मानको रुपमा लिएका छन् । न्याय विभागले चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे गरेको अनुसन्धानमा दोषी ठहरिने ट्रम्पका पूर्व सहयोगी मध्ये माइकल फ्लीन एक हुन् । सो चुनावमा रुसले ट्रम्पको पक्षमा नतिजा आउने गरि दखलको प्रयास गरेको अभियोग छ ।

सन् २०१७ मा फ्लीनले अनुसन्धानको क्रममा एफबिआईलाई रुसी दूतसँगको भेटबारे ढाँटेको स्वीकार गरेका थिए । ट्रम्पले प्रदान गरेको क्षमतासँगै फ्लीन सम्पूर्ण कानूनी झमेलाबाट बाहिरएका छन् । उनले ट्वीट गरेर क्षमा दिएको उल्लेख गरेका हुन् ।

ह्वाइट हाउसले बुधबार ट्रम्पबाट प्रदान भएको क्षमाले ‘निर्दोष व्यक्तिमाथि पक्षपातीरुपमा भएको अनुसन्धानको शृङ्खला अन्त्य’ गरेको बताएको छ । ‘२०१६ को चुनावको नतिजा उल्ट्याउनका लागि संगठित प्रयासको शिकार फ्लीन’ बनेको ह्वाइट हाउसले दाबी गरेको छ ।

अमेरिकी आर्मीका अवकास प्राप्त थ्री स्टार लेफ्टिनेन्ट जनरल फ्लीन सन् २०१६ मा ट्म्पको समर्थन आए । त्यसअघि उनी जीवनभर डेमोक्र्याट थिए ।

ट्रम्प निर्वाचित भए लगत्तै फ्लीनलाई सुरक्षा सल्लाहारमा नियुक्त गरेका थिए । ट्रम्पले उनलाई २३ दिनमै बर्खास्त गरेर पदाबाट हटाएका थिए ।

jackson ribon