birat ribon

अटलान्टासँग स्तब्ध लिभरपुल

Neuro
अटलान्टासँग स्तब्ध लिभरपुल

विराटनगर, ११ मंसिर । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ । बुधबार भएको समूह चरणको चौथो खेलमा लिभरपुल इटालियन क्ल्ब अटलान्टासँग २–० ले पराजित भएको हो ।

घरेलु मैदान एनफिल्डमा अटलान्टालाई जिताउन जोसिप इलिकिक र रोबिन गोसेन्सले समान १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६०औं मिनेटमा इलिकिकले गोल गर्दै अटलान्टालाई सुरुआती अग्रता दिलाए ।

cura insider

त्यसको चार मिनेट नबित्दै गोसेन्सले गोल गर्दै अटलान्टालाई २–० गोलको जित दिलाए ।

यससँगै समूह ‘डी’बाट अर्को चरणमा जान तीन टोलीको प्रतिस्पर्धा हुने देखिएको छ । शीर्ष स्थानको लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ । आयाक्स र अटलान्टा समान ७–७ अंक जोड्दै अर्को चरणमा पुग्ने आशमा रहेका छन् ।

jackson ribon