birat ribon

च्याम्पियन्स लिग : अपराजित रहँदै बायर्न नकआउटमा

Neuro
च्याम्पियन्स लिग : अपराजित रहँदै बायर्न नकआउटमा

विराटनगर, ११ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्नले अपराजित रहँदै नकआउटमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गमाथि ३–१ गोलको जित निकाल्दै बायर्नले अघिल्लो चरणमा स्थान बनाएको हो ।

cura insider

बायर्नको मैदानमा घरेलु टोलीलाई जिताउन रोबर्ट लेवान्डोस्की, कंग्स्ले कोमान र लेरियो सानेले समान एक–एक गोल गरे । साल्जबर्गका मिर्गिम बेरिसाले एक गोल फर्काए ।

खेलको ४२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । ५२औं मिनेटमा कोमानले गोल गरेपछि बायर्नले आफ्नो अग्रता दोब्बर बनायो ।

६६औं मिनेटमा बायर्न १० खेलाडीमा सीमित बनेको थियो । बायर्नका मार्क रोकाले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

६८औं मिनेटमा सानेले गोल गर्दै बार्यनको अग्रता तेब्बर बनाए । खेलको ७३औं मिनेटमा बेरिसाले गोल गर्दै साल्जबर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, बाँकी समय गोल नहुँदा बायर्नले ३–१ गोलको जित निकाल्यो ।

जितसँगै अपराजित बायर्नले ४ खेलबाट १२ अंक जोड्यो । र, अघिल्लो चरणमा स्थान बनायो । पराजित साल्जबर्ग भने १ अंकका साथ पुछारमा छ ।

सोही समूहको अर्को खेलमा एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले गोलरहित बराबरी खेले ।

jackson ribon