birat ribon

इन्टर मिलानमाथि रियल मड्रिडको जित, भिडाललाई रातो कार्ड

Neuro
इन्टर मिलानमाथि रियल मड्रिडको जित, भिडाललाई रातो कार्ड

विराटनगर, ११ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले आफ्नो दोस्रो जित दर्ता गराएको छ । बुधबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि २–० गोलको जित निकालेको हो ।

cura insider

इन्टरको मैदान सान सिर्जोमा रियलले इडेन हाजार्डको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा रियलले पेनाल्टीको मौका पाएको थियो, जसमा हाजार्डले गोल गर्दै अग्रता दिलाए ।

खेलको ३३औं मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बन्न पुगेको थियो । डी एरियामा राफेल भरानले सही ट्याकल गरे पनि पेनाल्टीको अपिल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

खेलको ५९औं मिनेटमा इन्टरका अच्राफ हाकिमीले आत्मघाती गोल गरेपछि रियलले २–० गोलको अग्रता बनायो । र, बाँकी समय गोल नहुँदा रियलले इन्टरलाई उसैको मैदानमा हरायो ।

जितसँगै रियल समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ७ अंक जोडेको छ । इन्टर भने २ अंकका साथ पुछारमा रहेको छ ।

सोही समूहको मोन्चेनग्लाडबाचले शख्तर डोनेस्कमाथि ४–० गोलको जित निकालेको छ । मोन्चेनग्लाडबाच ८ अंकसहित शीर्ष स्थानमा छ भने डोनेस्क ४ अंकसहित तेस्रो स्थानमा छ ।

jackson ribon