birat ribon

एक करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

Neuro
एक करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, ११ मंसिर । रोटरी इन्टरनेशनल डिष्ट्रीक्ट ३२९२ अन्तर्गतका विभिन्न तीन वटा क्लबले करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

cura insider

बुधबार महानगरपालिका परिषरमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ संक्रमण बढ्ने क्रम जारी रहेको हँुदा चुनौती थप बढ्दै गएको बताएका थिए । विगत एक वर्षदेखि मानव जीवनलाई कोभिडले चुनौती दिइरहेको बताउँदै घिमिरेले यसको नियन्त्रण तथा रोकथामका लागि सबैको सामूहिक सहयोग महत्वपूर्ण हुने बताए ।

स्वास्थ्य क्षेत्र समेत कोभिडबारे अनविज्ञ रहेको बताएका मन्त्री घिमिरेले प्रदेश १ मा कोभिड संक्रमण महामारी नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको क्षमतासमेत अपुग हुँदै गएको उल्लेख गरे । जसका कारण संक्रमण नियन्त्रण तथा रोकथामका लागि थप क्षमता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
र्
क्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले सबै क्षेत्र, समुदायको सहयोगबाट विराटनगरमा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा सहजता भएको उल्लेख गरे । आउँदो समय थप जटिल बन्न सक्नेतर्फ इंगित गर्दै उनले संक्रमणबाट जोगिन सबैमा उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

हिजोको दिनमा पीसीआर परीक्षण गर्न सकस भइरहँदा दाता, उद्योगी तथा सरोकारवालाको सहयोगमा स्वास्थ्य सामाग्री खरिद गरेर आम जनतामा राहतको स्थिति आएको उनले बताए । महानगरपालिकाको अगुवाईमा पीसीआर परिक्षणका लागि मेसिन, आरएनए एक्स्ट्राक्सन मेसिन, स्बाब संकलन भ्यान जस्ता सामाग्री बनाएर कोरोना परीक्षणमा सहजता आएको उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ डाउनटाउनकी सचिव गिरिजा सारडाले उपलब्ध स्वास्थ्य सामाग्री महानगरले सोही अनुरुपमा अन्यत्र स्थानमा उपलब्ध गराउने विश्वास लिएकी छन् ।

महानगरपालिकालाई एउटा पीसीआर मेसिन, आरएनए एक्स्ट्राक्सन मेसिन, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने इनसिनेरेट, भेन्टिलेटर, एचडीयू शैया ३० थान प्रदान गरिएको थियो । रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रुपमा स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

महानगरपालिकाले पीसीआर मसिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, आरएनए एक्स्ट्राक्सन मेसिन निर्माणाधीन नगरिक केयर सेन्टरलाई उपलब्ध गराउने भएको छ ।

jackson ribon