Rumpum Advertisement

प्रदेश सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ

प्रदेश सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ

मकवानपुर, १० मंसिर । गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङ्गेकी श्रीमती दिक्छेन पक्राउ परेकी छन् । मकवानपुर प्रहरीले दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो उनलाई हेटौंडाबाट पक्राउ गरेको हो ।

उनलाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले देशभर ब्यापक खोजी गर्दा हेटौंडाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

उनी लामो समयदेखि हेटौंडा उपमहानगरपालिका–१२ स्थित माइतीघरमा बस्दै आएकी थिइन् । चोरी मुद्धामा फरार भएकी सांसद मनाङ्गकी श्रीमतीलाई हेटौंडाबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा उपस्थिति गराउन पठाइएको प्रहरी नायब उपरीक्षक रानाले बताए ।