Rumpum Advertisement

वीपी प्रतिष्ठानको सहप्रवक्तामा डा. पोखरेल

Neuro
वीपी प्रतिष्ठानको सहप्रवक्तामा डा. पोखरेल

धरान, १० मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको सहप्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा. चुडामणि पोखरेललाई नियुक्त गरिएको छ ।

उनलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले नियुक्तिपत्र प्रदान गरेका छन् ।

नवनियुक्त सहप्रवक्ता डा. पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन् ।

उनी २००६ मा बिडिएसका विद्यार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बीडीएस सकेपछि २०१३ मा एनेटोमी अध्ययन सुरु गरी २०१६ मा पासआउट भएपश्चात् कामको थालनी सुरु गरेका थिए ।