Rumpum Advertisement

जाडोमा सुख्खा र फुटेका खुट्टाबाट बच्ने उपाय

Neuro
जाडोमा सुख्खा र फुटेका खुट्टाबाट बच्ने उपाय

विराटनगर, १० मंसिर । गर्मी महिनामा खुलेको चप्पत तथा स्यान्डल लगाउने हुँदा खुट्टालाई सफा र सुन्दर राखिन्छ ।

तर, जाडो महिनामा बाक्लो मोजा र जुत्ताले ढकिने हुँदा खुट्टालाई वेवास्ता गरिने गरिन्छ । चिसोका कारण छाला सुख्खा हुन्छ, जसकारण छाला फुट्ने, र राम्रोसँग ध्यान नदिएमा फटुेको ठाउँबाट छाला निसक्ने र रगत आउने पनि हुनसक्छ ।

साथै, खुट्टाको सफाइमा ध्यान नदिएमा जाडोको समयमा धेरै समस्या देखिन सक्छ । जाडो महिनामा खुट्टालाई नरम, कोमल र मोइश्चराइज राख्नका लागि घरमै गर्न सकिने साधारण उपायः

– खुट्टालाई हप्तामा दुई पटक नुन, कागती र तातो पानीमा भिजाएर राख्नुपर्छ । खुट्टा भिजिसकेपछि, सुख्खा छालालाई विस्तारै सफा अथवा स्क्रव गर्नुपर्छ ।

– खुट्टालाई स्क्रब गरिसकेपछि सफा पानीले धोएर तुरन्तै खुट्टामा लगाउने क्रिमको प्रयोग गर्नुपर्छ । अत्याधिक सुक्खा छाला भबएकाले खुट्टाका लागि प्रयोग हुने विशेष क्रिमको प्रयोग गर्नुपर्छ । राम्रो नतीजाको लागि पनि हरेक रात सुत्नुअघि खुट्टा धोएर फुट क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ ।

– जाडोको समयमा हातखुट्टा तथा छाला फुट्ने हातखुट्टाको छाला मोटो भएर आउने समस्या भएकाले दैनिक प्रयोग गरिने मोस्चराइजरमा युरिया, ल्याक्टिक एसिड भएमा यसले छालालाई थप नरम बनाउन मद्दत गर्छ ।

– मालिस गर्नाले सुक्खा, फुटेका खुट्टाका लागि फाइदाजनक मात्र नभएर दिनभरि खुट्टामा भएको सबै थकान हटाउन र खुट्टालाई आराम पनि प्रदान गर्छ ।

नरिवल तेल, घ्यु, बदामको तेल वा तिलको तेलले मसाज गर्दा खुट्टामा रक्तसञ्चारलाई बढावा दिनुका साथै खुट्टालाई लामो समयसम्म मोइश्चराइज राख्न मद्दत गर्छ ।

– धेरै उपायहरू अपनाउँदासमेत अझै खुट्टा फुट्ने समस्याको समाधान नभए पेट्रोलियम जेली, भ्यास्लिन वा ग्लिसरीनको प्रयोग गर्न सकिन्छ । सफा खुट्टामा भ्यास्लिन वा ग्लिसरीन मालिस गरेर सुत्ने समयमा खुकुलाे मोजा लगाएर सुतेमा छोटो समयमा यसले राम्रो परिणाम देखाउने गर्छ । टाइट मोजा लगाउँदा खुट्टाको रक्तसञ्चारमा अवरोध आउन सक्छ ।

– क्याल्सियमको कमीले दाँत र हड्डी कम्जोर हुनुका साथै खुट्टाका पैताला तथा कुर्कुच्चा पनि फुट्न सुरु हुन्छ । त्यसैले दैनिक क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नु पनि जरुरी हुन्छ ।

– खाली खुट्टा हिँड्ने गर्दा छिट्टै पैताला तथा कुर्कुच्चा सुक्खा भएर फुट्न सक्नुका साथै अन्य संक्रमण हुने सम्भावना बढी हुने हुँदा कोठाबाट निस्किँदा साथै चप्पल या जुत्ताको प्रयोग गर्नु पर्छ । साथै, पानीले खुट्टाको मासु खान सक्ने हुँदा पानीमा धेरै चल्नु हुँदैन ।