Rumpum Advertisement

विराटनगरमा १२१ सहित प्रदेश १ मा आज थपिए ३७२ संक्रमित

Neuro
विराटनगरमा १२१ सहित प्रदेश १ मा आज थपिए ३७२ संक्रमित

विराटनगर, १० मंसिर । प्रदेश १ मा बुधबार थप ३७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मोरङका १५९, झापाका ९७, सुनसरीका ५७, संखुवासभाका २७, इलामका १२, पाँचथरका ४, भोजपुरका २, तेह्रथुम र उदयपुरका १–१ र प्रदेश १ बाहिरका १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगरमा ४७ महिला र ७४ पुरुष गरी १२१ जनामा संक्रमण देखिएको छ भने लेटाङ, बेलबारी र बूढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैँचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, बिर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरीको इटहरीमा २८, धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ ।

प्रदेश १ मा आज १३८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।