Rumpum Advertisement

यी समयमा पानी पिउनु शरीरका लागि फाइदाजनक

Neuro
यी समयमा पानी पिउनु शरीरका लागि फाइदाजनक

विराटनगर, १० मंसिर । पानी पिउने तथा शरीरलाई हाइड्रेटेड राख्नु स्वस्थ शरीरको लागि महत्वपूर्ण हुन्छ । पानीले शरीरको सम्पूर्ण कार्य गर्न तथा हानिकारक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

दैनिक पर्याप्त मात्रामा पानी पिउनुपर्छ । साथै, एक व्यक्तिले पानी पिउनुपर्ने समयको बारेमा पनि सजग हुनुपर्छ । पानी पिउन र शरीरबाट हराएको तरल पदार्थको आपुर्ति गर्नका लागि केहि राम्रा समय यी हुन्ः

बिहान उठेपछि– बिहान उठेपछि, एक गिलास पानी पिउन एकदम आवश्यक हुन्छ । यसले आन्तरिक अंग र रक्तसञ्चार प्रणालीकाई सक्रिय गर्नुका साथै सुतेको समयमा गुमाएको पानीको मात्रालाई शरीरमा आपूर्ति गर्छ ।

व्यायाम गरेपछि– व्यायाम गरेपछि अत्यन्त थकित महशुस हुन्छ । व्यायाम गरेपछि पानी पिएमा यसले आत्मालाई जीवन र प्रणालीलाई पुनर्ऊर्जा थप्ने काम गर्छ । व्यायामपछि पानी पिउनाले मुटुको दरलाई सामान्यमा फिर्ता ल्याउँछ र रिकभरी दरलाई बढाउने गर्छ ।

खाना खानुभन्दा आधा घण्टाअघि– खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु स्वास्थ्यको लागि मात्र होइन तौल घटाउनका लागि अत्यन्त फाइदाजनक र प्रभावकारी हुन्छ । यसले पाचनलाई सुधार गर्नुका साथै तृप्ति महशुस गराउँछ जसकारण थप क्यालोरीको सेवनबाट जोगाउने गर्छ ।

नुहाउनुअघि– नुहाउनुअघि एक गिलास तातो पानी पिउनु पर्छ । तातो पानीले रक्त नलीहरू विस्तार गर्छ, जसले रक्तचापलाई कम गर्न मद्धत गर्छ ।

सुत्नुअघि–यी समयमा पानी पिउनु शरीरका लागि फाइदाजनक सुत्नु अघि पानी पिउँदा शरीरलाई रातभर हाइड्रेटेड राख्छ । साथै, यसले शरीरलाई सबै हानिकारक विषाक्त पदार्थहरू पनि शुद्ध पार्छ । सुत्ने समयमा पेट दुखाइ महशूस भएका पानी पिउनाले दुखाइबाट मुक्त गर्न सक्छ ।

बिरामी भएको महशूस भएमा– बिरामी भएको जस्तो महशूस भएमा पानी पिउनु सबैभन्दा प्रभावकारी उपचारमध्ये एक हुन सक्छ । यसले शरीरलाई हाइड्रेट गरेर निको हुने प्रक्रियाकाई छिटो गर्ने गर्छ ।

थकित भएमा– थकान, केही कडा श्रम वा भारी व्यायामको कारण थकित हुनुहुन्छ भने शरीरलाई हाइड्रेट गर्नका लागि धेरै पानी पिउनुपर्छ । यसले थकानसँग लड्न मद्धत गर्नुको साथै, प्रणालीलाई रिचार्ज गरी सामान्यमा फर्काउने गर्छ ।