Rumpum Advertisement

तामिलनाडुमा चक्रपात ‘निवार’ को जोखिम : सतर्कताका लागि सार्वजनिक बिदा

Neuro
तामिलनाडुमा चक्रपात ‘निवार’ को जोखिम : सतर्कताका लागि सार्वजनिक बिदा

विराटनगर, १० मंसिर । बंगालको खाडीबाट उत्पन्न भएको चक्रवात ‘निवार’को जोखिम बढेपछि भारतको तामिलनाडु क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

तीब्र गतिमा आँधी पश्चिम–उत्तर–पश्चिम तर्फ बढेसँगै तामिलनाडु र पुडुचेरी आसपास क्षेत्रमा सतर्कता अपनाइएको हो । सो क्षेत्रमा बताससहित भारी वर्षा हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ । जोखिमयुक्त क्षेत्रमा सार्वजनिक बिदा दिएको बताइएको छ ।

आँधीबेरी प्रतिघण्टा १२०–१३० किलोमिटर वेगमा ममलाम्पुरमसम्म पुग्ने बताइएको छ । चक्रवातले ल्याउनसक्ने जाखिमलाई मूल्याकन गर्दै आवश्यक सावधानी अपनाइएको र यसको लागि थप आवश्यकता सहयोग गर्ने केन्द्रीय सरकारले जनाएको छ ।

भारतीय मौसम विभाग (आईएमडी) का अनुसार दक्षिण पश्चिम बंगालको खाडीमा गएको चक्रवाती आँधी ‘निवार’ पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ । आज बिहान ८ः३० मा चक्रवात सुरु भएको थियो ।

सम्भावित जोखिमको मूल्यांकन गर्दै आवश्यक सेवाबाहेकका सबैका लागि सार्वजानिक बिदा दिइएको छ । छ वटा जिल्लामा रहेको बस र रेलसेवासमेत बन्द गरिएका छन् ।
इन्डिया एक्सप्रेसबाट