Rumpum Advertisement

वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि सेवाग्राही मारमा

वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि सेवाग्राही मारमा

सप्तरी, १० मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–८ का वडा अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएपछि कार्यालयले प्रदान गर्ने सेवाबाट सेवाग्राही मारमा परेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि विगत १३ दिनदेखि वडाअध्यक्ष राजकुमार साह होम आइसोलेशनमा छन् ।

वडाअध्यक्ष साह, श्रीमती र छोरा होम आइसोलेशनमा बसेपछि वडा नं–८ बाट प्रदान हुने सेवामा प्रत्यक्ष असर परेको छ ।

कञ्चनरुप नगरपालिकामा ९६ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् जसमध्ये ३ जनाको मृत्यु भइसकेको छ । नगरपालिकामा सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ ।