Rumpum Advertisement

भूमि अभिनित हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज (भिडियोसहित)

भूमि अभिनित हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज (भिडियोसहित)

विराटनगर, १० मंसिर । अभिनेत्री भूमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ ।

सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलर निकै डरलाग्दो देखिएको छ । ‘दुर्गामती’को ट्रेलरमा रहस्य, डर, बदलालगायत विषयलाई प्रस्तुत गरिएको छ । बदलाको विषयको वरिपरि घुम्ने फिल्ममा भूमि एक आईएएस अफिसरको भूमिकामा छिन् जसलाई एक मृत रानीको भूतले ग्रस्त गर्छ ।

फिल्ममा भूमिका साथै, माही गिल, जीशु सेन गुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुँदैछ । फिल्मलाई भुसन कुमार अक्षय कुमारले निर्माण गरेका हुन् । फिल्मको कथा तथा निर्देशन अशोकले गरेका हुन् ।

फिल्म दुर्गामतीको नाम परिवर्तन गरिएको हो । पहिले दुर्गावती शीर्षक दिएपछि फिल्मलाई अब दुर्गामती द मिथ भनिन्छ । नाम परिवर्तनको लागि कुनै कारण दिइएको छैन । यो फिल्म साउथको फिल्म ‘भागमति’को हिन्दी रिमेक हो । उक्त फिल्मको मुख्य भूमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।