birat ribon

थप २८ संक्रमितको मृत्यु

Neuro
थप २८ संक्रमितको मृत्यु

विराटनगर, १० मंसिर । नेपालमा बुधबार थप २८ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २८ जनाले कोरोनाका कारण ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ सय ८९ पुगेको छ ।

बुधबार थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ सय ४० जना कोरोनाबाट मुक्त भएको छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ ।

jackson ribon