birat ribon

चिसो मौसममा थाइराइडको समस्या भएकालाई केही टिप्स

Neuro
चिसो मौसममा थाइराइडको समस्या भएकालाई केही टिप्स

विराटनगर, १० मंसिर । मानिसहरू प्रायः जाडोको समयमा चिसो र फ्लू जस्ता सामान्य रोगमा ध्यान केन्द्रित गर्छन् ।

cura insider

तर, जाडोको महिनामा चिसो र फ्लुबाहेक अन्य स्वास्थ्य समस्या बढ्न सक्छ र थाइराइड तीमध्ये एक हो । हाइपोथायरायडिजमको सामान्य लक्षण ढिलो मेटाबोलिजम हो, जसले थाइराइडबाट पीडित बिरामीलाई चिसो र कडा मौसममा संवेदनशील बनाउँछ । चिसो मौसममा, शरीरको थाइराइड उत्तेजक हार्मोन (टिएसएच) को मात्रा र शरीरको थाइरोइड हर्मोनको माग बढ्छ ।

उच्च टीएसएच स्तर भएमा थाइरोइड ग्रन्थीले शरीरको हार्मोनको आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । थाइरोइड समस्याको इतिहास नभएका व्यक्तिमा समेत टीएसएच हर्मोनको हल्का स्पाइक देखिन सक्छ । जाडोको मौसमले डिप्रेसनलाई झन् खराब बनाउन सक्छ जुन हाइपोथायरायडिजमसँग सम्बन्धित अर्को सामान्य चिन्ताको विषय हो । सबैभन्दा पहिला, शरीरको हर्मोनको जाँच गर्न आवश्यक हुन्छ ।

प्रत्येक २ देखि ३ महिनापछि वा कम्तिमा प्रत्येक पटक मौसम परिवर्तन हुने बेलामा हर्मोनको जाँच गर्नु महत्वपूर्ण हुन्छ । त्यसपछि जाडोमा मानिसले आफूलाई घरभित्रै राख्छन् जसले डिप्रेसनको लक्षणलाई झन् खराब बनाउन सक्छ । सूर्यको किरणमा केही समय बस्दा मात्र पनि सेरोटोनिनको स्तर बढ्छ । जसले मौसमी डिप्रेसनलाई हटाउन मद्दत गर्छ । दैनिक २० देखि ३० मिनेट सूर्यको किरणमा बस्ने गर्नाले थकान र डिप्रेसनबाट छुटकारा पाउन मद्दत गर्छ ।

चिसो मौसममा भोक बढी लाग्ने हुँदा खानाको सेवन बढ्छ । यसबाहेक मौसमका कारण हुने डिप्रेसनले प्रशोधित र उच्च कार्बयुक्त खाद्य पदार्थको लागि तृष्णा बढाउँदछ, जसले थाइराइड बिरामीलाई तौल व्यवस्थापन गर्न गाह्रो बनाउँछ । त्यसैले थाइराइड बिरामीले आहार छनौटमा धेरै सतर्क हुनु आवश्यक छ । अधिक मात्रामा तातो पेयपदार्थको सेवन गर्नु हुँदैन । साथै, आहारमा कार्ब्सको स्वस्थ स्रोत समावेश गर्नुपर्छ ।

चिसो मौसममा न्यानो रहनका लागि, खानामा शरीरलाई तातो बनाउने थर्मोजेनिक खाना समावेश गर्नुपर्छ । यी थर्मोजेनिक खाना पचिसकेपछि तातो उत्पन्न गरी शरीरलाई न्यानो राख्न मद्दत गर्छ । खुर्सानी, एभोकाडो, मासु र मख्खनबाट निस्कने संतृप्त फ्याट, तथा नरिवल तेल केही थर्मोजेनिक खाना हुन् । यी खानाले केही हदसम्म तौल कम गर्नसमेत मद्दत गर्न सक्छन् ।

वातावरणको तापक्रम कम भए पनि थाइराइडका बिरामीले व्यायाम गर्न छोड्नु हुँदैन । मेटाबोलिजमलाई सक्रिय राख्न र लक्षणलाई नियन्त्रण गर्न थाइरोइड बिरामीहरुले दैनिक ३० देखि ४० मिनेट व्यायाम गर्नु महत्वपूर्ण हुन्छ । व्यायाम गर्न बाहिर जान सक्षम नभएमा घरभित्रै गरिने व्यायाम गर्न सकिन्छ ।

jackson ribon