Rumpum Advertisement

‘फिफा द बेस्ट’को मनोनयन सार्वजनिक, लिभरपुलका चार खेलाडी परे

Neuro
‘फिफा द बेस्ट’को मनोनयन सार्वजनिक, लिभरपुलका चार खेलाडी परे

विराटनगर, १० मंसिर । फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट फिफा फुटबल अवार्ड २०२०’ को मनोनयन सार्वजनिक गरेको छ ।

बुधबार फिफाले पुरुष र महिलातर्फ गरेर द बेस्टको मनोनयन सार्वजनिक गरेको हो । सधैं झैं वर्ष पुरुष खेलाडीको अवार्डमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका फवार्ड क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यसैगरी ११ खेलाडीको सो मनोनयनमा लिभरपुलका चार जना खेलाडी छन् । लिभरपुलका साडियो माने, मोहम्मद सालाह, भर्जिल भान डाइक र थियागो अल्कान्टारा छन् ।

यसैगरी म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, पीएसजीका स्टारद्वय केलियन एमबाप्पे र नेयमार र रियल मड्रिडका सर्जियो रामोस रहेका छन् ।

फिफाले ९ डिसेम्बरसम्म आफ्नो आधिकारिक वेभपोर्टलबाट भोट गर्न सकिने जनाएको छ । फिफाले ११ डिसेम्बरमा प्रत्येक विधामा तीन जना फाइनलिस्टको नाम सार्वजनिक गर्नेछ ।

४९ प्रतिक्रिया

Comments are closed.