birat ribon

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वका दोस्रो धनी व्यक्ति

Neuro
बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वका दोस्रो धनी व्यक्ति

विराटनगर, १० मंसिर । टेस्ला कम्पनीका मालिक एलन मस्क विश्वको सर्वाधिक दोस्रो धनी व्यक्ति बनेका छन् ।

टेस्लाको शेयरमा ठूलो वृद्धि भएपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै मस्क विश्वको सर्वाधिक दोस्रो धनी व्यक्ति बनेका हुन् । जनवरीमा उनी ब्लुमबर्गको सर्वाधिक धनीको सूचीमा ३५औं स्थानमा थिए भने अहिले अचानक विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन् ।

cura insider

४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको शेयरमा भएको ठूलो वृद्धिपश्चात् ७.२ अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो । सन् २०२० मा उनले आफ्नो सम्पत्तिमा १००.३ अर्ब डलर थपेका हुन् । उनको सम्पत्तिको ठूलो हिस्सा विद्युतीय कार अटोमेकरबाट प्राप्त भएको हो जसको बजार भाउ टेस्लाको शेयर वृद्धिपछि ५०० अर्ब डलर पुगेको छ ।

धनी व्यक्तिहरूको सूचीमा पहिलो स्थान कायम गर्दै आएका बिल गेट्सलाई सन् २०१७ मा अमेजोनका जेफ बेजोसले हराएपछि दोस्रोमा परेका थिए । बेजोसको कुल सम्पत्ति १८१.३ अर्ब डलर छ । त्यस्तै, गेट्सको कुल सम्पत्ति १२७.७ अर्ब डलर रहेको छ । तर, लगातार दशकौंसम्म विभिन्न च्यारिटीका कार्यक्रममा सहभागी भई ठूलो रकम दान नगरेमा उनको सम्पत्ति अझ बढी हुने थियो ।

jackson ribon