Rumpum Advertisement

रियलबाटै सन्यास लिने मोड्रिकको चाहना

Neuro
रियलबाटै सन्यास लिने मोड्रिकको चाहना

विराटनगर, १० मंसिर । क्रोएशियन मिडफिल्डर लुका मोड्रिड र रियल मड्रिडबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ । रियलले उनीसँगको सम्झौता नवीकरण गर्ने ‘छाँटकाँट’ नदेखाए पनि मोड्रिकले भने लस ब्लान्कोसबाटै सन्यास लिने आफ्नो चाहना रहेको सुनाएका छन् ।

३५ वर्षीय मोड्रिकले च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानसँगको खेलको पूर्वसन्ध्यामा बोल्दै रियलबाटै सन्यास लिने आफ्नो चाहना रहेको बताए । रियलले च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको चौथो खेलमा इन्टरसँगको उसैको मैदानमा खेल्दैछ । यो खेल आज राति १ः४५ बजे हुनेछ ।

‘मैले धैरैपटक भन्दै आएको पनि छु कि म रियल मड्रिडमै बस्न चाहन्छु, तर हेरौं अब के हुन्छ’, उनले भने, ‘मैले सधैं एउटै जवाफ दिँदै आएको छु । मैले यहाँ राम्रो महशूस गरिरहेको छु र म रियलबाटै निरन्तरता दिन चाहन्छु ।’

‘मलाई लाग्छ कि म टिमलाई सहयोग गर्न सक्छु । यदि, तपाईंले मलाई मेरो चाहनाका बारेमा सोध्नुहुन्छ भने म भन्छु कि पक्कै पनि । म रियलमै बस्छु । म यहाँबाट नै आफ्नो करिअर समाप्त गर्न चाहन्छु । तथापि, यो धेरै कुरामा निर्भर रहन्छ,’ उनले भने ।