birat ribon

रानी नाका खोल्न माग गर्दै ज्ञापनपत्र

Neuro
रानी नाका खोल्न माग गर्दै ज्ञापनपत्र

विराटनगर, १० मंसिर । विराटनगरको रानी नाका खुला गर्न स्थानीयले माग गर्दै युथ युनिटी अफ नेपालले ज्ञापनपत्र बुझाएको छ ।

भारतसँगको नाका बन्द भएका कारण सर्वसाधारण चोरबाटो हुँदै जोगवनी पुग्ने गरेका छन् । लामो समयसम्म नाका बन्द गर्दा समस्या भएको बताउँदै बुधबार युथ युनिटी अफ नेपालले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

cura insider

नाका बन्द हुँदा दैनिक उपभोग्य बस्तुको खरिद गर्ने तथा उपचारका लागि आउजाउ गर्नेहरुलाई समस्या परेकाले नाकामा सहज आवतजावतको व्यवस्थापन गर्न माग गरेका छन् ।

jackson ribon