Rumpum Advertisement

सिटीलाई ग्रिसको क्लबको चुनौती

Neuro
सिटीलाई ग्रिसको क्लबको चुनौती

विराटनगर, १० मंसिर । युरोपियन च्याम्पियन्स लिगमा आज इंग्लिस क्लब म्यानचेस्टर सिटीले ग्रीसको क्लब ओलम्पियाकोससँग खेल्दैछ । समूह चरणको चौथो खेलअन्तर्गत सिटीले आलम्पियाकोसँग खेल्दैछ ।

नेपाली समयानुसार राति ११ः४० बजेबाट सुरु हुने यो खेल ओलम्पियाकोसको मैदानमा हुनेछ । यस खेलमा घरेलु टोलीमाथि जित दर्ता गर्दै सिटी अघिल्लो चरण प्रवेश गर्ने दाउमा हुनेछ । समूह चरणका तीन खेलमै जित निकालेको सिटी समूह ‘सी’को शीर्ष स्थानमा छ । ऊसँग ९ अंक छ ।

यता, ओलम्पियाकोस भने अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्ने लक्ष्यमा छ । ३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको ओलम्पियाकोसले आजको खेल जितेमा दोस्रे स्थानको पोर्टोसंग अंक बराबरी गर्नेछ । जुन नकआउट चरण प्रवेशको गतिलो आधार हुनेछ ।

अघिल्लो भेटमा सिटीले ओलम्पियाकोसलाई ३–० गोलले हराएको थियो ।

यस्तै आजै सोही समूहका पोर्टो र मार्सेलीले पनि खेल्दैछन् । ६ अंकसहित पोर्टो तालिकाको दोस्रो स्थानमा छ भने अंकविहीन मार्सेली पुछारमा छ ।