birat ribon

कांग्रेसको उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी जाजु

Neuro
कांग्रेसको उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी जाजु

विराटनगर, १० मंसिर । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्यमा विराटनगरका उद्योगी महेश जाजु मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

cura insider

नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको प्रमुखमा चिनकाजी श्रेष्ठ छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा २५(९) बमोजिम मनोनित भएका हुन् । मनोनित गरेको मिति भने २६ साउन २०७७ रहेको छ ।

जाजु मोरङ व्यापार संघका पूर्वअध्यक्ष हुन् । एसियन थाइफुट्सका प्रबन्ध निर्देशक जाजु राष्ट्रियसभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उनले चाउचाउ, बिस्कुट, कन्फेक्सनरी साबुनलगायत उद्योग सञ्चालन गरिरहेका छन् ।

jackson ribon