birat ribon

टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो बनिन् १६ वर्षीया चार्ली

Neuro
टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो बनिन् १६ वर्षीया चार्ली

विराटनगर, १० मंसिर । अमेरिकाकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति भएकी छिन् ।

cura insider

१६ वर्षीया चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर तथा इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन् । विशेषगरी आफ्ना नाचका लागि चर्चित चार्लीले टिकटकमा भिडियो बनाउन थालेको धेरै पनि भएको छैन । टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी चार्लीले टिकटकमा सर्वाधिक फलोअर बनाउन सकेकी हुन् ।

उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् जुन छोटो समयमै भाइरल भएको थियो । टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन् । दश करोड मानिसले आफूलाई समर्थन गरेको वास्तविक रहेको विश्वास गर्न नसकेको उनको भनाइ छ ।

टिकटकमा मात्र नभएर बाहिर पनि उनको धेरै चर्चा भएको छ । उनले ठूला मेकअप तथा फेसन ब्रान्डसँग पनि काम गरिसकेकी छिन् । फोर्बस्का अनुसार गत वर्ष उनले विभिन्न ब्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन् । गत वर्ष उनले एनिमेटिड फिल्म ‘स्टारडग एन्ड टर्बोक्याट’मा समेत काम गरेकी थिइन् । यही वर्ष उनको एक पुस्तक पनि प्रकाशित हुने भएको छ ।

jackson ribon