birat ribon

रियल मड्रिड र इन्टर मिलान भिड्दै

Neuro
रियल मड्रिड र इन्टर मिलान भिड्दै

विराटनगर, १० मंसिर । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब इन्टर मिलान प्रतिस्पर्धामा छन् ।

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यो खेल इन्टरको मैदानमा हुनेछ । सान सिर्जोमा दुवै टोली जितको खोजीमा हुनेछन् ।

cura insider

यस खेलमा रियल इन्टरमाथि लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने घरेलु टोली हारको बदला लिने दाउमा हुनेछ । किनकि, अघिल्लो भेटमा रियलले आफ्नो मैदानमा इन्टरमाथि ३–२ गोलको जित निकालेको थियो ।

यस खेलमा इन्टरलाई हराउँदै रियल नकआउट चरणमा स्थान बनाउने योजनामा छ । रियल हाल समूह ‘बी’को तेस्रो स्थानमा छ । उसले ३ खेलबाट मात्र ४ अंक जोडेको छ ।

आजको खेलमा रियलका स्टारद्वय सर्जियो रामोस र करिम बेन्जेमा छैनन् । चोटका कारण दुवै खेलाडीले इन्टरसँगको खेल गुमाउने भएका हुन् ।

यता, इन्टर भने २ अंकका साथ पुछारमा छ । उसलाई नकआउटमा चरण बनाउन रियल मड्रिडमाथि जित निकाल्न आवश्यक छ ।

सोही समूहका मोन्चेनग्लाडबाच र शख्तर डोनेस्क पनि प्रतिस्पर्धामा छन् । राति ११ः४० बजे हुने यो खेल मोन्चेनग्लाडबाचको मैदानमा हुनेछ ।

मोन्चेनग्लाडबाच ५ अंकसहित शीर्ष स्थानमा छ भने डोनेस्क ४ अंकसहित दोस्रो स्थानमा छ ।

jackson ribon