birat ribon

प्रतिबन्धित औषधिसहित एक पक्राउ

Neuro
प्रतिबन्धित औषधिसहित एक पक्राउ

विराटनगर, १० मंसिर । प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

८ मंसिरका दिन साँझ साढे छ बजे विराटनगर महानगरपालिका–१३ स्थित सैनिक टोल वस्ने ३६ वर्षीय नरेश यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादवले विभिन्न किसिमका प्रतिबन्धित औषधि अवैधरूपमा भन्सार छली भारतको जोगवनीबाट ल्याएर आफ्नो घरपछाडि कम्पाउन्डभित्र राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

cura insider

प्रहरीको टोलीले अफ्रिडोल इन्जेक्सन सय थान, एम प्रिसल ४० इन्जेक्सन ३५० थान, टेइकोप्लानिन इन्जेक्सन ५० थान, सिटिकोलिन इन्जेक्सन सय थान, कोलिस्टिमेन्थेट सोडियम इन्जेक्सन ५० थान, मेथाइलप्रेडिसोलोन सोडियम ससिनेट ६० थान, ५ एमएल नियोप्रेट दुई सय थान, ओक्ट्रिओटाइड इन्जेक्सन सय साथ, ओकेरोन–१०० को १५६ थान, सय ग्राम रेम्डेसिभिर इन्जेक्सन भाइल ९ थान, रेम्डेसिभिर इन्जेक्सन २ थान, सुकोलससिनाइल कोलिन इन्जेक्सन सय पिस, इपोफिटपिएफ्स ४००÷१.० एमएकको २४ थान, डिअक्सिसाइक्लिन ४ सय २१ थान र इन्जेक्सन आईपीका लागि ४ सय ३८ थान स्टेराइल पानी प्रहरीले बरामद गरेको छ ।

यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि औषधि ब्यवस्था विभाग विराटनगरमा पठाइएको जनाएको छ ।

jackson ribon