Rumpum Advertisement

भारतमा थप ४३ चीनियाँ एप प्रतिबन्धित

भारतमा थप ४३ चीनियाँ एप प्रतिबन्धित

विराटनगर, १० मंसिर । भारत सरकारले थप ४३ चीनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ ।

भारत सरकारको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यी चीनियाँ एपले भारतको सार्वभौमिकता, अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाविरूद्धको गतिविधिमा संलग्न रहेका कारण एपलाई प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । यसमा चीनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स पनि समावेश छन् ।

मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टरको रिपोर्टको आधारमा लिइएको हो । यसअघि २९ जुनमा भारत सरकारले टिकटक, युसी ब्राउजरसहितका ५९ चीनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले २ सप्टेम्बरमा एकपटक पुनः पबजी, वि च्याट, बाइदु समेत १ सय १८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।