birat ribon

गैंडा बचाउन ‘चोरलाई चाबी’

Neuro
गैंडा बचाउन ‘चोरलाई चाबी’

चितवन, १० मंसिर । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैडा संरक्षणमा लाग्न प्रेरित गरेको छ ।

निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेका बेला निकुञ्ज प्रशासनले यसअघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।

cura insider

एक दशकअघि गैंडाको खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैंडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरुलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

तत्कालीन समयमा गैंडाको चोरी सिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैंडा संरक्षणमा जुट्न निकुञ्जले प्रेरित गरेको हो ।

निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्जसम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे ।

तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए ।

त्यसैले चेतनामूलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाइ छ । आर्थिकरुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफूहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासनसमक्ष उनीहरुले माग गरेका छन् ।

चितवन रास्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चारवटा गैंडा मारिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहाससमेत छ ।

तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् । कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरि तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।

jackson ribon