birat ribon

विष्णु पौडेललाई कालो झण्डा

Neuro
विष्णु पौडेललाई कालो झण्डा

विराटनगर, १० मंसिर । अर्थमन्त्री एवं सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

कांग्रेस भातृ संगठन नेवि संघ र तरुण दलका कार्यकर्ताले बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा तिनाउ पुल नजिक कालो झण्डा देखाएका हुन् । रुपन्देही–२ स्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको सैनामैना मावि रानिवगिया र पर्रोहा मावि मुर्गीयाको नव निर्मित भवनको उद्घटना गर्न पौडेल जाँदै थिए ।

cura insider

अर्थमन्त्रीलाई कालो झण्डा देखाइएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर प्रहरीलाई सकैलाई पक्राउ भने गरेको छैन । कालो झण्डा देखाउने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए । पौडेलले गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर निर्वाचन आफ्नो पक्षमा पारेका थिए ।

तर बुटवल राजधानी हुन सकेन । त्यसपछि बुटवलका बासिन्दा उनीसँग आक्रोसित बनेका छन् । आफ्नो मुख्य एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई स्थानीयले लगाउँदै आएका छन् ।

jackson ribon