birat ribon

हालाण्ड चम्किँदा डर्टमुण्डको सहज जित

Neuro
हालाण्ड चम्किँदा डर्टमुण्डको सहज जित

विराटनगर, ९ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुण्डले सहज जित दर्ता गरेको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा डर्टमुण्डले बेल्जियमको क्लब ब्रुगमाथि ३–० गोलको सहज जित निकालेको हो ।

डर्टमुण्डको मैदामा घरेलु टोलीको जितमा इयर्लिङ ब्राउल्ट हालाण्डले दुई गोल गर्दा जाडोन सान्चोले एक गोल गरे । हालाण्डले १८औं मिनेटमा गोल गर्दै डर्टमुण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

४५औं मिनेटमा सान्चोले गोल गर्दै पहिलो हाफभरि डर्टमुण्डको अग्रता दोब्बर बनाए ।

६०औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुण्डलाई ३–० गोलको सहज जित दिलाए ।

जितसँगै समूह ‘एफ’को डर्टमुण्डले ब्रुगमाथि लगातार दोस्रो जित निकालेको छ । यसअघिको भेटमा उसले ३–० गोलको जित दर्ता गरेको थियो । डर्टमुण्ड ९ अंकसहित शीर्ष स्थानमा छ भने ब्रुग ४ अंकका साथ तेस्रो स्थानमा छ ।

सोही समूहको लाजियोले जेनितमाथि ३–१ गोलको जित निकालेको छ ।

jackson ribon