Rumpum Advertisement

विश्वमा संक्रमितको संख्या छ करोड नाघ्यो, १४ लाख बढीको मृत्यु

विश्वमा संक्रमितको संख्या छ करोड नाघ्यो, १४ लाख बढीको मृत्यु

विराटनगर, १० मंसिर । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या छ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख २१ हजार पाँच सय ४१ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या छ करोड ६६ हजार सात सय ५४ पुगेको हो ।

कोरोनाका कारण विश्वमा १४ लाख १३ हजार छ सय तीन जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन ११ हजार पाँच सय २२ जनाको मृत्यु भयो । एकै दिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

संक्रमितमध्ये चार करोड १५ लाख छ हजार नौ सय ७६ जना उपचारपछि निको भएका छन् । एक करोड ७१ लाख ४६ हजार एक सय ७५ जना उपचाररत रहेकोमा एक लाख तीन हजार पाँच सय ६५ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड २९ लाख ४० हजार छ सय ८१ पुगेको छ । एकै दिन एक लाख ६० हजार सात सय २१ नयाँ बिरामी थपिए ।

कोरोनाका कारण दुई लाख ६५ हजार सात सय ६१ जनाको ज्यान गुमाइसकेका छन् । एकै दिन दुई हजार ५६ जना संक्रमितको मृत्यु भयो । एकै दिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

संक्रमितमध्ये ७६ लाख १४ हजार तीन सय ३४ जना उपचारपछि निको भएका छन् । ५० लाख ६० हजार पाँच सय ८६ जना उपचाररत रहेकोमा २३ हजार सात सय ११ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा एकै दिन ४४ हजार दुई सय ७६ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ९२ लाख २१ हजार नौ सय ९८ पुगेको छ । एक लाख ३४ हजार सात सय ४३ जनाको मृत्यु भइसकेको छ ।

८६ लाख ४१ हजार चार सय चार जना उपचारपछि निको भएका छन् । चार लाख ४५ हजार आठ सय ५१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन ३३ हजार चार सय ४५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६१ लाख २१ हजार चार सय ४९ पुगेको छ । एक लाख ७० हजार एक सय ७९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

५४ लाख ७६ हजार १८ जना उपचारपछि निको भएका छन् । चार लाख ७५ हजार दुई सय ५२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।