Rumpum Advertisement

कोरोनामुक्त भएका सालाहले अटलान्टासँगको खेल खेल्ने

कोरोनामुक्त भएका सालाहले अटलान्टासँगको खेल खेल्ने

विराटनर, ९ मंसिर । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सालाहले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब अटलान्टासँगको खेल खेल्ने भएका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले खेलको पूर्वसन्ध्यामा इजिप्टका स्टार सालाहले अटलान्टाविरुद्ध खेल्नसक्ने बताए ।

लिभरपुलले बुधबार राति अटलान्टासँगै खेल्दैछ । यो लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ । यसअघिको भेटमा लिभरपुलले अटलान्टालाई ५–० गोलले हराएको थियो ।

’सालाह हिजो समूहगत प्रशिक्षणमा सहभागी भएका थिए,’ क्लोपले भने, ’टेस्ट नेगेटिभ आएको छ । उनी अटलान्टासँगको खेलमा उपलब्ध हुने छन् ।’

सालाहलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि उनी टोलीबाहिर रहँदै आएका थिए । कोरोना देखिएपछि उनले राष्ट्रिय टोलीबाट टोगोविरुद्धको दुई खेल गुमाएका थिए भने प्रिमियर लिगतर्फ लेइस्टर सिटीविरुद्धको खेल गुमाएका थिए ।