विराटनगर, ९ मंसिर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार पूर्ण अवधिसम्म चल्ने बताएका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताए ।
मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधिसम्म चल्ने उनकाे भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो पार्टी भएका कारण पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाे उनले बताए ।
अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको पनि उनकाे भनाइ छ ।