Rumpum Advertisement

विराटनगरमा मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु

विराटनगरमा मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु

विराटनगर, ९ मंसिर । विराटनगरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– १३ कोशी प्रोजेक्ट भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को ३९ प ९९९३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री विराटनगर– १५ का ६० वर्षीय रतन साहको मृत्यु भएको हो ।

मंगलबार दिउँसाे दुर्घटना हुँदा घाइते भएका साहलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ४ बजे उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल चालक विराटनगर– १५ का २९ वर्षीय देवीप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।