Rumpum Advertisement

हिन्दी टेलिसिरियलका अभिनेता आशिष रोयको निधन

हिन्दी टेलिसिरियलका अभिनेता आशिष रोयको निधन

विराटनगर, ९ मंसिर । हिन्दी टेलिसिरियलका चर्चित अभिनेता आशिष रोयको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ५५ वर्षीय रोयको किड्नी फेल भएका कारण घरमै निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

उनका स्टाफ सदस्यले मंगलबार बिहान ३ः४५ बजेतिर उनको निधन भएको खबर पुष्टि गरेकाे भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मृगौलाको रोगी भएका उनको डायलिसिस पनि भइरहेको थियो । स्वास्थ्यमा समस्या आएका कारण मे महिनामा उनलाई मुम्बईको एक अस्पतालमा आइसियुमा समेत भर्ना गरिएको थियो ।

उनीसँग उपचार गर्नका लागि पर्याप्त पैसासमेत थिएन । उनले सोसल मिडियामार्फत् आफ्नो उपचाररका लागि सहयोग गरिदिन अपील गरेका थिए ।

फिल्म निर्माता हंसल मेहताले ट्वीटरमार्फत् फिल्मी क्षेत्रका सम्बन्धित व्यक्तिसँग उनको लागि मद्दत पनि मागेका थिए ।

रोय चर्चित टिभी सिरियल ‘ससुराल सिमरका’, ‘बनेगी अपनी बात’, ‘रिमिक्स’, ‘मेरे अंग्नेमे’, ‘बा बहु और बेबी’ लगायतमा देखिइसकेका छन् ।