Rumpum Advertisement

प्रगति देखिनेगरी काममा केन्द्रित हुन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

प्रगति देखिनेगरी काममा केन्द्रित हुन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं, ९ मंसिर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रगति देखिनेगरी काममा केन्द्रित हुन सम्बन्धित मन्त्रालय र आयोजना प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित राष्ट्रिय गौरवका आयोजनाहरूको समीक्षा बैठकमा उपप्रधानमन्त्री पोखरेलले गौरवका आयोजनाहरूको लक्ष्यअनुसारको प्रगति हासिल गर्नेगरी काममा केन्द्रित हुनुपर्ने बताए ।

राजनीतिक तथा मन्त्रालयगत समन्वयका लागि प्रधानमन्त्री कार्यालय तयार रहेको तर आयोजना तहबाटै गर्नुपर्ने काममा अलमल गर्ने छुट नहुने आयोजना प्रमुखहरूलाई स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यप्रगति प्रधानमन्त्री कार्यालयमार्फत महत्वका साथ हेर्ने कार्य प्रारम्भ भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए ।