काठमाडौं, ९ मंसिर । काठमाडौं उपत्यकामा ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितकाे संख्या एक लाख ४ हजार ६८२ जना पुगेकाे छ ।