Rumpum Advertisement

आज प्रदेश १ मा ३६२ जनामा कोरोना संक्रमण, १६१ संक्रमित निको भए

आज प्रदेश १ मा ३६२ जनामा कोरोना संक्रमण, १६१ संक्रमित निको भए

विराटनगर, ९ मंसिर । प्रदेश १ मा आज (मंगलबार) थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज झापाका १२५, सुनसरीका ११४, मोरङका ८५, इलामका ११, संखुवासभाका ३, पाँचथर, तेह्रथुम र उदयपुरका २–२, धनकुटा, भोजपुर र खोटाङका १–१ र प्रदेश १ बाहिरका १५ जनामा कोरोना संक्रमण भएको छ ।

झापाको गौरादह, बिर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बाह्रदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १–१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैँचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बूढीगंगामा ३ , सुनवर्षी, रतुवामाई र उर्लाबारीमा २–२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै इलामको माइजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सूर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१ जनाका रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै तेह्रथुमको छथर र म्याङलुङमा १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८८० पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेशनबाट १५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५९ महिला र २०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ८५ हजार ७६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।