विराटनगर, ८ मंसिर । नेपालमा मंगलबार थप २४ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २४ जनाले कोरोनाका कारण ज्यान गुमाएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ सय ६१ पुगेको छ ।