विराटनगर, ९ मंसिर । नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारसले स्थान बनाएका हुन् । सो मनोनयनमा पारससहित ६ खेलाडी समावेश छन् ।
मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकलोड र रिची बेरिङटन परेका छन् ।
यसैगरी पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन पनि मनाेनयनमा परेका छन् ।